एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने

Feb 23, 2026 10:22 AM Merolagani



एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

फागुन १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७८/७९ पश्चात कुनै लाभांश वितरण गरेको छैन। सो वर्ष लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।