अहिलेसम्मको अवस्था यो युद्धमा इरान एकातर्फ छ भने अमेरिका, इजरायल, साउदी अरब, इराक, कुवेत, साइप्रससहितका १५ देश एकातर्फ छन् । युद्ध शुरु हुनासाथ इरानका सर्वाेच्च नेता आयोतोल्लाह खुमेनीसहित कैंयौं उच्च पदस्तहरु मारिएका छन् ।
तर, त्यति हुँदा पनि इरान टसमस भएको भएको छैन । बरु झन बढी आक्रामक हुँदै प्रत्याक्रमणमा उत्रिइरहेको छ । कुनै पनि हालतमा जित्न सक्ने दावी गरिरहेको छ । अमेरिका र इजरायल मात्र होइन, उनीहरुलाई सहयोग गर्ने देशहरुमाथि आक्रमण गरिरहेको छ । इरानको त्यो दावीमा कति सत्यता छ ? त्यो केही समयमा स्पष्ट हुनेछ । तर, इरानले युद्धमा नहार्ने, बरु जित्ने दावी गरिरहनुको पछाडिको रहस्य हो—पहाडहरु र अदम्य साहसले भरिएको आईआरजिसी अर्थात इस्लामिक रिभोलुस्नी गार्ड काप्रस ।

इरानसँग कति हतियार छ ? त्यसबारेमा कुनै जानकारी छैन् । तर, उसले सन् १९७९ मा राजतन्त्र अन्त्य गरेर इस्लामिक गणतन्त्र स्थापना गरेदेखि नै उसले कुनै पनि बेला आफू माथि वृहत आक्रमण हुन सक्ने आंशकामा त्यसबाट बच्नको लागि वृहत तयारी गरेको थियो । त्यसको लागि उसले आफ्नो देशमा रहेका पहाडहरुलाई आधार बनाएको छ ।
१६ लाख ४८ हजार १९५ वर्ग किलो मिटरमा फैलिएको इरान भौगोलिक हिसाबमा विश्वको १६ औं ठूलो देश हो । इरानको करिब ६० प्रतिशत क्षेत्र पहाडी छ भने बांकी समथर भूभाग छ । विश्वमै सबैभन्दा धेरै पहाडी क्षेत्र भएको देशहरुमध्येको एक इरानमा करिब ४१ हजार पहाडहरु रहेका छन् ।
इरानको दक्षिण पश्चिम क्षेत्रमा ५६७१ मिटर अग्ला पहाडहरुको सृंखला रहेको छ । अल्बोर्ज र जाग्ग्रोज पहाडी सृंखला भनिने ती पहाडहरु भित्र इरानले इस्लामिक क्रान्ती सम्पन्न भएदेखि नै असिमित संख्यामा ठूला ठूला बंकरहरु बनाएर अत्याधुनिक हतियारहरुको निर्माण र भण्डारण गर्दै आएको छ । त्यसमध्ये फोर्डो आणविक भट्टी लगायतका आणविक भट्टीहरु र सुरुङहरु विशेष चर्चामा रहेका छन् ।
बीबीसीको एक रिपोर्टअनुसार यसको गहिराइ बेलायत र फ्रान्सलाई जोड्ने टनेलभन्दा पनि तल रहेको बताइएको छ।
इरानी अधिकारीहरूले फोर्डोलाई नागरिक उद्देश्यका लागि मात्र प्रयोग हुने बताउँदै आएका छन् । तर, इजरायल, अमेरिकाले यसलाई इरानको आणविक महत्वाकांक्षाको केन्द्र भन्दै त्यो बाँकी विश्वको लागि सबैभन्दा ठूलो चुनौति भएको दावी गर्दै आएका छन् । के भनिन्छ भने इजरायल र अमेरिकाको हतियार क्षमताले पनि फोर्डो सहितका आणविक भट्टीहरुलाई नष्ट गर्न असम्भव जस्तै छ ।
त्यस्तै आणविक भट्टीहरु मात्रै होइन, पहाडहरुमा युद्धको बेला आवश्यक पर्ने र वर्षाैंसम्म पुग्ने गरि ठूला ठूला अत्याधुनिक भण्डारण गृहहरु पनि त्यहाँ निर्माण गरिएको छ भने करोडौं मानिसहरुलाई सुरक्षितरुपमा बस्न सक्ने स्थलहरु निर्माण गरिएको छ । त्यसकारण इरान सरकारले अहिले युद्ध शुरु हुनासाथ राजधानी तेहरानसहितका शहरी क्षेत्रका आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो सुरक्षितरुपमा पहाडी क्षेत्रमा फर्किन आव्हान गरेको छ र मानिसहरु धमाधम पहाडी क्षेत्रमा फर्किइरहेका छन् ।
इरानले सन् १९८७ र सन् १९९३मा उत्तर कोरियासँग वृहतरुपमा सम्झौता गरेको छ । त्यो सम्झौताअनुसार इरानले उत्तर कोरियालाई इन्धनसहित खाद्यान्नहरु समेत सहयोग गर्दै आइरहेको छ भने उत्तर कोरियाले उसलाई आणविक हतियारहरुको निर्माणमा सहयोग गरिरहेको छ । उनीहरुबीच एक अर्कालाई कुनै तेस्रो देशले आक्रमण गरेमा सहयोग गर्ने सम्झौता पनि भइसकेको छ । अहिलेको युद्ध शुरु भएपछि उत्तर कोरियाले अहिलेसम्म औपचारिकरुपमा कुनै प्रतिकृया दिएको छैन । तर, उसले इरानको पक्षबाट युद्धमा होमिएको घोषणा गरेमा त्यसकाे परिणाम थप भयावह हुन सक्ने र त्यसले विश्ययुद्धलाई समेत निम्त्याउन सक्ने खतरा रहेको विश्लेषकहरु बताइरहेका छन् ।