‘आ बाट आमा’को बक्स अफिसमा एकछत्र राज, अन्य चलचित्रले कति कमाए ?

Mar 03, 2026 11:03 AM Merolagani



चलचित्र विकास बोर्डले बक्स अफिसको आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ।

बोर्डका अनुसार हाल नेपालभर प्रदर्शनरत चार चलचित्र  ‘आ बाट आमा’, ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘विगुल’को कारोबार विवरण सार्वजनिक गरिएको हो।

फागुन १० गतेदेखि १६ गते मध्यरातसम्मको बक्स अफिस तथ्याङ्कअनुसार, चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्स अफिसमा एकछत्र राज गर्दै अन्य सबै प्रतिस्पर्धी चलचित्रलाई पछि पारेको छ। प्रदर्शनको सुरुआती दिनदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको यस चलचित्रले उत्कृष्ट आम्दानी गर्न सफल भएको हो।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्स अफिस’को आधिकारिक तथ्याङ्कअनुसार, चलचित्र ‘आ बाट आमा’ले हालसम्म ४ लाख ६१ हजार ५ सय ७२ टिकट बिक्री गर्दै १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै, कमाइ सूचीमा दोस्रो स्थानमा रहेको चलचित्र ‘कुमारी’ले १९ हजार ९ सय ५९ टिकट बिक्री गर्दै ६४ लाख ४८ हजार १ सय २६ रुपैयाँ संकलन गरेको छ। भने चलचित्र ‘रमिताको पिरती’ले हालसम्म ८ हजार ७ सय ३७ टिकट बिक्री गर्दै २८ लाख ६८ हजार १ सय ४३ रुपैयाँ आम्दानी गरेको छ।

त्यसैगरी, सूचीको अन्तिम स्थानमा रहेको चलचित्र ‘श्री बुकुरो’ले हालसम्म २ हजार ७ सय ७२ टिकट बिक्री गर्दै ९ लाख २८ हजार ८ सय ६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

यसरी हालको बक्स अफिस प्रतिस्पर्धामा ‘आ बाट आमा’ले स्पष्ट अग्रता कायम राख्दा बाँकी चलचित्रहरू दर्शक तान्ने होडमा संघर्षरत देखिएका छन्।

 

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।