अब पाँच दिनपछि मात्र शेयर बजार खुल्ने

Mar 03, 2026 05:12 PM Merolagani



आज अर्थात फागुन १९ गते मंगलबार खुलेकाे शेयर बजार अब पाँचदिन पछि अर्थात साेमबार मात्र खुल्ने छ । २१ गते हुने प्रतिनिधि सभा निवार्चनका लागि फागुन २० देखि २४ सम्म सार्वजनिक बिदा दिइएकाले पनि पनि अब फागुन २५ गते साेमबार मात्रै शेयर बजार खुल्ने भएकाे हाे ।

याे साता दुई दिन मात्र शेयर बजार खुलेकाे छ । निर्वाचन अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

निर्वाचन अघिकाे पछिल्लाे काराेबार दिन अर्थात मंगलबार नेप्से परिसूचक ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा पुगेको छ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।