३ बजेसम्म ३९ प्रतिशत मत खस्यो

Mar 05, 2026 03:54 PM MeroLagani



अहिले दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेकोमा अहिलेसम्म ७५ लाख १४ हजार १ सय १ ले मतदान गरेका छन् ।

आयोगका अनुसार उपत्यकामा ५१ प्रतिशत, कोशी प्रदेशमा ५८ प्रतिशत, मधेश प्रदेशमा ६४ प्रतिशत, बागमती प्रदेशमा ५३ प्रतिशत, गण्डकी प्रदेशमा ४१ प्रतिशत, लुम्बिनी प्रदेशमा ३८ प्रतिशत, कर्णाली प्रदेशमा ४२ प्रतिशत र सुदुर पश्चिममा प्रदेशमा ४३ प्रतिशत गरी औसतमा ३९ प्रतिशत मत खसेको हो । अहिलेसम्म सबैभन्दा बढी मत कोशी प्रदेशमा ५८ प्रतिशत र सबैभन्दा कम लुम्बिनी प्रदेशमा ३८ प्रतिशत मत खसेको छ ।

 




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।