झापा-५ मा ओलीलाई पछि पार्दै बालेन्द्र शाहको फराकिलो अग्रता

Mar 06, 2026 01:53 PM Merolagani



झापा प्रतिनिधि सभा क्षेत्र नं. ५ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। 

प्रारम्भिक चरणको मतगणनामा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै उल्लेखनीय मतान्तर कायम गरेका हुन्।

हालसम्मको मतपरिणाम अनुसार बालेन्द्र शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरीयाले हालसम्म १८५ मत प्राप्त गरेकी छन्।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।