समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM merolagani



प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ मतगणना सम्पन्न भइ सिट संख्या निर्धारण गर्ने तयारी गरेको छ ।

पछिल्लो मतपरिणामअनुसार, समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । समानुपातिकतर्फ १ करोड ७ लाख ६९ हजार ५४३ मत गणना हुँदा रास्वपाले ५१ लाख ४८ हजार २१७, नेपाली कांग्रेस १७ लाख ५४ हजार ३९५, नेकपा एमालेले १४ लाख ५१ हजार ९५६, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ७७१ मत, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८८६ मत, राप्रपाले ३ लाख ३० हजार ४२ मत प्राप्त गरेका छन् ।

प्राप्त मतपरिणामअनुसार,रास्वपाले समानुपातिकबाट ५७ सिट थपिने भएको छ । त्यस्तै, नेपाली कांग्रेसले २० सिट थप्ने सम्भावना छ । नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।