राप्रपाको संसदीय दलको नेता ज्ञानबहादुर शाही, प्रमुख सचेतकमा खुश्बु ओली

Mar 19, 2026 05:02 PM merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले शाहीलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको हो ।

बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।

दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।