आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज उक्त प्रतिवेदन पेस गरेका हुन्। अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई उनले धन्यवाद दिएका छन्।