किन अकूत जग्गा किन्दैछन् बिल गेट्स ?

Mar 20, 2026 05:49 PM mero lagani



धेरै वर्षसम्म विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा चिनिएका माइक्रोसफ्टका मालिक विल गेट्स अहिले धनीहरुको सूचीमा धेरै पछि धकेलिएका छन् । 

विश्वका धनीहरुको सूची निकाल्दै आएको फोब्र्स म्यागजिनले केही समय अघि सार्वजनिक गरेको रिपोर्ट अनुसार उनी विश्वका १९ औं धनी हुन् र उनको सम्पत्ती १ खर्ब ८ अर्व डलर छ ।

विश्वका धनीहरुमध्ये सामाजिक उत्तरदायित्वमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तिकोरुपमा चिनिएका उनी अचेल आफूलाई ‘धन कमाउने मोह नरहेको’ पटक पटक बताउँदै आएका छन् ।

तिनै बिल गेट्स पछिल्लो समय अचम्म तरिकाले जमिन खरिद गरिरहेका छन् । अमेरिकाको २०२५ को ‘ल्यान्ड रिपोर्ट’ अनुसार उनी अहिले अमेरिकाको सबैभन्दा ठूलो निजी कृषि भूमि मालिक हुन्, जस्को नाममा २ लाख ७५ हजार  एकड (८ लाख ८० हजार रोपनी) जमिन छ । त्यतिले पनि नपुगेर उनले लगातार जमिन किनिरहेका छन् । अमेरिकाका अधिकाँश राज्यहरुमा उनले जग्गा किनिसकेका छन् र त्यसलाई निरन्तर बढाइरहेका छन् । अर्थात् जग्गा थपिने बढिरहेको छ ।

उनीसंग अहिले लुसियानामा ६९ हजार ७१ एकड, अर्कान्ससमा ४७ हजार ९२७ एकड, नेब्रास्कामा २० हजार एकड, वाशिंगटनमा १६ हजार ९७ एकड फ्लोरिडामा १४ हजार ८२८ एकड जग्गा रहेको उक्त रिपोर्टमा उल्लेख छ । त्यसबाहेक अन्य राज्यहरुमा पनि हजारौं एकड जग्गा रहेको र उनले जग्गा किन्ने क्रम जारी रहेको बताइएको छ ।

गेट्सले खरिद गरिरहेका अधिकाँश जग्गाहरु कृषियोग्य जग्गा हुन् । ती जग्गाहरुमा उनले विभिन्न किसिमका फार्म संचालन गरिरहेका छन् । तर, त्यसबारेमा उनले सार्वजनिक खासै केही वताउने गरेका छैनन् । कसैले सोधिहाले पनि कुटनीतिक जवाफ दिने गरेका छन् । केही समय अगाडि एक कार्यक्रमपछि एकजना पत्रकारले ‘तपाई केही समयदेखि निरन्तररुपमा जग्गा किन रहनु भएको छ । त्यसको पछाडिको कारण के हो ? ’ भनेर सोधेका थिए । त्यसमा पनि गेट्सले सोझो जवाफ दिएनन् । कुटनीतिक पाराले जवाफ दिंदै यति मात्रै भने—म मेरो जमिनलाई माया गर्छु । जमिनसंग मेरो विशेष प्रेम छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।