माइतीघरमा राइड सेयरिङवालाहरुको प्रदर्शन,भाडा समायोजन गर्न माग

Mar 30, 2026 11:29 AM merolagani



पेट्रोल तथा डिजेलजन्य वस्तुको मूल्यवृद्धि हुँदा पनि भाडादर समायोजन नभएको भन्दै राइड सेयरिङवाला चालकहरुले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

खासगरी, पठाओ, इन्ड्राइभ र याङ्गोमा दर्ता भएका चालकहरुले संयुक्त रुपमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले भाडा वृद्धि गर्नुपर्ने, कमिसनको दर बढाउनुपर्ने र शुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका माग राख्दै आजदेखि माइतीघरमण्डलामा आन्दोलन गरिरहेका छन् । माइतीघरमा राइड सेयरिङवाला चालकहरुले आफ्नो मोटरसाइकलमा समेत पर्चा र पम्प्लेट टाँसेर सरकारको ज्यादतीविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् ।

 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।