विश्वको इतिहासमा सबैभन्दा ठूलो चकलेट चोरी, पोल्याण्ड निर्यात गर्न लागिएको १२ टन किटक्याट मध्य इटालीबाट गायब

Mar 30, 2026 01:27 PM mero lagani



पोल्याण्ड निर्यात गर्न लागिएको  १२ टन (करिब ४ लाख १३ हजार ७ सय ९३ चकलेट बार) किटक्याट मध्य इटालीबाट चोरी भएको कम्पनीले जानकारी दिएको छ । 

अन्तराष्ट्रिय संचारमाध्यहरुले यो घटनालाई विश्वको इतिहासमा सबैभन्दा ठूलो चकलेट चोरीको घटना भएको बताएका छन् ।

कम्पनीले कसले चोरी गर्यो भन्ने बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको र आफूले चोर पत्ता लगाउने प्रयास गरिरहेको बताउँदै त्यस्ले बजार आपूर्ति श्रृखंलामा भने कुनै असर नपारेको दावी गरेको छ । 
कम्पनीले भनेको छ—हामी स्थानीय अधिकारीहरू र आपूर्ति श्रृंखला साझेदारहरूसँग मिलेर अनुसन्धान गरिरहेका छौं। राम्रो समाचार यो हो कि ग्राहकहरूको सुरक्षाको बारेमा कुनै चिन्ता छैन र आपूर्तिमा कुनै प्रभाव छैन ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।