आरम्भ करियर सर्भिसेसद्वारा स्वास्थ्यकर्मीहरुका लागि एक दिने ‘एआई फर हेल्थकेयर प्रोफेश्नल’ कार्यशाला सम्पन्न

Mar 31, 2026 08:47 AM Merolagani



आरम्भ करियर सर्भिसेसको आयोजनामा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ ‘एआई फर हेल्थकेयर प्रोफेश्नल’ नामक एक दिने विशेष कार्यशाला सम्पन्न गरेको छ ।

काठमाडौँको कान्तिपुर डेन्टल हस्पिटलको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाहरूबाट कुल ६० जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

सफ्टवेयर इन्जिनियर अनिश श्रेष्ठद्वारा सञ्चालित सो कार्यक्रममा स्वास्थ्य सेवामा एआईको भूमिका, यसको सही प्रयोग र भविष्यका सम्भावनाहरूका बारेमा विस्तृत प्रशिक्षण दिइएको थियो । कार्यशालामा मुख्यतया निम्न विषयहरूमा केन्द्रित रहेर छलफल र प्रयोगात्मक अभ्यास गरिएको थियोः

एआईको आधारभूत ज्ञान र प्रयोगः स्वास्थ्य क्षेत्रमा एआईको परिभाषा, यसले काम गर्ने तरिका र नेपालको सन्दर्भमा यसको उपयोगिता ।

प्रम्प्ट इन्जिनियरिङः स्वास्थ्य सम्बन्धी कामहरूलाई छिटो र छरितो बनाउन कसरी प्रभावकारी प्रम्प्टहरू लेख्ने भन्ने बारेमा प्रयोगात्मक अभ्यास ।

दैनिक कार्यमा एआई टूल्सः डकुमेन्ट विश्लेषण, इमेल लेखन र डाटा व्यवस्थापनका लागि ‘नोटबुकएलएम’ ‘च्याट जीपीटी’ जस्ता आधुनिक टूल्सहरूको प्रयोग ।

अनुसन्धान र डेटा विश्लेषणः स्वास्थ्य सम्बन्धी रिसर्चलाई सहज बनाउन ‘परप्लेक्सिटी एआई’ र ‘एलिसिट’ जस्ता प्लेटफर्महरूको उपयोग ।

साइबर सुरक्षा र डिजिटल सुरक्षाः बिरामीहरूको संवेदनशील डाटा सुरक्षित राख्ने तरिका, टु–फ्याक्टर अथेन्टिकेसन र नेपालको साइबर कानुनको बारेमा सचेतना ।

उक्त कार्यशालामा सैद्धान्तिक ज्ञानका साथै सहभागीहरूलाई आफ्नै मोबाइल वा ल्यापटप प्रयोग गरेर एआई टूल्सहरू चलाउने अवसर प्रदान गरिएको थियो । सहभागीहरूले एआईमार्फत क्विज बनाउने, बिरामीहरुको डाटा व्यवस्थित गर्ने फर्महरु निर्माण गर्ने र जटिल रिसर्च पेपरहरूलाई सरल भाषामा सारांश निकाल्ने जस्ता कार्यहरू प्रत्यक्ष रूपमा अभ्यास गरेका थिए ।

कार्यक्रमको समापन गर्दै प्रशिक्षक श्रेष्ठले प्रविधिले मानिसलाई विस्थापित गर्ने नभई कार्यक्षमता बढाउन मद्दत गर्ने बताएका थिए । आरम्भ करियर सर्भिसेसले आगामी दिनहरूमा पनि यस्ता प्रविधिमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।