आजदेखि मन्त्रालयमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा राेक

Mar 31, 2026 11:25 AM merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा आजदेखि मन्त्रालय परिसरमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।

वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।

 

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो ऊर्जामन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।