वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण अरु स्वास्थ्य संस्थाबाट पनि गराउन पाइने, तोडियो ‘सिन्डिकेट’

Mar 31, 2026 03:43 PM merolagani



वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्थाको ‘सिन्डिकेट’ तोडिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार (चैत १७) विज्ञप्ति जारी गर्दै मन्त्रिस्तरीय निर्णयबाट नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको जनापछि पहिले देखिकाे ‘सिन्डिकेट’ ताेडिने भएकाे हाे ।

“वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम यस मन्त्रालयबाट सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

 

यसअघि, सरकारले तोकेको स्वास्थ्य संस्थाबाट मात्र वैदेशिक रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षण गराउनुपर्थ्यो । स्वास्थ्य परीक्षण गरेबापत तोकेका स्वास्थ्य संस्थाले एकजनासँग ६ हजार ६०० रुपैयाँ शुल्क लिने गरेका थिए ।

 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।