नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले जारी गरेको निर्देशिका तथा कार्यप्रक्रिया अनुसार दलाल व्यवसायीहरूले आफ्नै कार्यप्रक्रिया बनाउनुपर्ने व्यवस्था छ। सोही अनुसार तयार पारिएको कार्यप्रक्रियालाई २०८२ चैत १७ गते सुन्धारामा बसेको एशोसिएसनको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ।
एशोसिएसनका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित सबै कानुनी प्रक्रिया पूरा भइसकेका छन्। केही प्राविधिक विषयहरू मिलाउन बाँकी रहेकाले नयाँ वर्ष २०८३ वैशाख २ गतेदेखि यो सुविधा सुरु गर्न लागिएको हो। मार्जिन कारोबारका लागि योग्य सबै ब्रोकरहरूबाट लगानीकर्ताले यो सुविधा पाउने एशोसिएसनले जनाएको छ।