आजदेखि एसईई सुरु हुँदै, जापानसहित १९६६ केन्द्रबाट ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

Apr 02, 2026 05:54 AM Merolagani



माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याअन्तर्गत अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरबी भाषा विषयको परीक्षा हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक एसईईमा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। यस वर्षको एसईई आजदेखि सुरु भई यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ। सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको हो।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।