सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Apr 05, 2026 11:02 AM Merolagani



चैत २२ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ। यसदिन सुन गत बिहीबार कायम मूल्य र चाँदी शुक्रबारको बजारमा तय भएको मूल्यलाई नै आधार मानेर खरिद बिक्री भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य पछिल्ला दुई दिनदेखि स्थिर रहेको छ ।  त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।