इन्ट्रा डेमा १०० अंकभन्दा बढी घट्यो नेप्से

Apr 05, 2026 01:51 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०० अंकभन्दा बढी घटेको छ। यस दिन इन्ट्रा डेमा नेप्से १०२.६० अंक घटेर २६७९.५७ विन्दुमा झरेको हो।

आइतबार बजार खुलेदेखि तिव्र गतिमा घटिरहेको नेप्से, साढे २ घण्टाको अवधिमा ३.६८ प्रतिशत घटेको हो। सो अवधिसम्ममा ७ स्टकको मात्र शेयरमूल्य बढेको छ भने अरु लगभग सबै स्टकहरुको शेयरमूल्य घटेको छ।

अहिले भने नेप्से परिसूचक विस्तारै ‘रिकभर’ हुन खोजिरहेको देखिन्छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।