अमेरिका—इरानबीच २ साताको लागि युद्धविराम, स्ट्रेट अफ हर्मुज खोलिने, विश्वलाई राहत

Apr 08, 2026 07:27 AM Merolagani



अमेरिका—इरानबीच २ साताको लागि युद्धविराम सम्झौता भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो आक्रमण गर्ने र सम्पूर्ण सभ्यतालाई ध्वस्त पार्ने धम्की दिएको केही घण्टापछि युद्धबिराम सम्झौता भएको हो ।

पाकिस्तानको मध्यस्थतामा युद्धबिराम भएको दुवै पक्षले जनाएका छन् । इरानका विदेशमन्त्री सैय्यद अब्बास अरागचीले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल मुनीरलाई धन्यवाद दिएका छन् । उनले भने—म दुई हप्ताका लागि इरानमाथि हुने बम विष्फोट र आक्रमण रोक्न सहमत छु । म इरानको तर्फबाट मेरा प्रिय दाजु पाकिस्तानका प्रधानमन्त्री शरिफ र फिल्ड मार्शल मुनिरलाई यस क्षेत्रमा युद्ध अन्त्य गर्न गरिएको अथक प्रयासको लागि धन्यवाद र प्रशंसा गर्दछु ।

ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्सल असिम मुनीरसँगको कुराकानी पछि युद्धविराम सम्झौता भएको उल्लेख गरेका छन् । उक्त सम्झौतामा इरान स्ट्रेट अफ हर्मुजलाई तत्काल र सुरक्षित रूपमा संचालन गर्ने कुरा पनि उल्लेख रहेको उनले बताएका छन् ।

ट्रम्पले भनेका छन्—हामीले त्यसो गर्नुको कारण के हो भने हामीले हाम्रा सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेका छौं र मध्यपूर्वमा दीर्घकालीन शान्ति र शान्तिका लागि इरानसँग ठोस सम्झौताको नजिक छौं । मैले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेको छु र हामी विश्वस्त छौं कि यो वार्ताको व्यावहारिक आधार हो। अमेरिका र इरानबीच विगतका लगभग सबै विवादित विषयमा सहमति भएको छ तर यो दुई हप्ताको अवधि सम्झौतालाई अन्तिम रुप दिन र पूरा गर्न आवश्यक छ ।

प्रधानमन्त्री शरीफले आफ्नो ट्वीटमा भाइचाराका लागि गरेको अनुरोधको जवाफमा आफूले युद्ध विरामको लागि प्रयास गरेको त्यो सफल भएको भन्दै अब आफू दीर्घकालिन शान्तीको लागि प्रयासरत रहेको उल्लेख गरेका छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।