मन्त्रिपरिषद्को बैठकले साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
सरकारको सोही निर्णय र नेप्से सञ्चालक समितिको मिति चैत २२ गतेको बैठकको निर्णय बमोजिम शेयर बजार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा खुला हुने भएको हो।
यसअघि आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा अब आइतबार सार्वजनिक बिदा हुने भएकाले कारोबार बन्द रहनेछ।