इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

Apr 09, 2026 10:34 AM Merolagani



पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार जारी गरेको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको टेलिफोन कुराकानीका क्रममा इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने पुष्टि गरेका छन् । विज्ञप्तिमा भनिएको छ कि सरिफले बुधवार पेजेस्कियानसँग टेलिफोन वार्ता गरेका थिए ।

जसमा उनले युद्धविराममा सहमत भएको र यसै हप्ताको अन्त्यमा इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ता आयोजना गर्ने पाकिस्तानको प्रस्ताव स्वीकार गरेकोमा इरानी नेतृत्वप्रति गहिरो प्रशंसा व्यक्त गरेका थिए । आफ्नो तर्फबाट, इरानी राष्ट्रपतिले इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने कुराको पुष्टि गरे । विज्ञप्तिअनुसार दुवै नेता निकट सम्पर्कमा रहन सहमत भएका छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।