कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना

Apr 09, 2026 10:56 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक शेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो । नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्वन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रकृयाहरु पूरा गरि मर्चेण्ट बैंकिङ सेवाहरु सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै “कामना सेवा क्यापिटल लिमिटेड” को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पूग्ने बैंकले विश्वास लिएको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।