भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा चितवनस्थित स्टोरमा पनि पूर्ण आगजनी गरिएको थियो ।आगजनीपछि पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको भाटभटेनीले जनाएको छ ।
'चैत २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ,' भाटभटेनीले भनेको छ ।