प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । रास्वपाले ती दुई मध्ये जसलाई समर्थन गर्छ उही उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने घोषणा बुधवारको प्रतिनिधिसभा बैठकमा गरेका थिए ।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरूले श्रम संस्कृति पार्टीका उम्मेदवार रुवीलाई उपसभामुखमा मतदान गर्ने बताइसकेका छन् ।