पाकिस्तानद्वारा अमेरिका–इरान बीचको दोस्रो चरणको वार्ताका लागि तयारी सम्पन्न

Apr 21, 2026 10:08 AM Merolagani



पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामावादमा हुने दोस्रो चरणको वार्ताका लागि तयारी पूरा भएको जानकारी सोमवार पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मोघदामलाई दिएका छन् । गृह मन्त्रालयकाअनुसार मन्त्री नकवीले सो कुराको जानकारी गराएका हुन् ।

एक विज्ञप्तिअनुसार मन्त्रीले राजदुतसँग दोस्रो चरणको वार्ताको प्रवन्धका विषयमा छलफल गर्न भेट गरेका थिए । सो क्रममा उनले भ्रमणमा आउने विदेशी प्रतिनिधिमण्डलका लागि फुलप्रूफ(अचुक) सुरक्षा व्यवस्था मिलाइएको बताए । मन्त्रीले संवाद र वार्ताका माध्यमबाट विवाद समाधान गर्ने महत्वमा जोड दिँदै दीर्घकालीन क्षेत्रीय स्थिरता र शान्तिका लागि दिगो समाधान आवश्यक रहेको उल्लेख गरे । विज्ञप्तिमा जनाइएअनुसार इरानी राजदुतले यस क्षेत्रमा तनाव कम गर्न र संवादलाई सहज बनाउने प्रयासमा पाकिस्तानले निर्वाह गरेको सकारात्मक र रचनात्मक भुमिकाको प्रशंसा गरे ।

 

सोही दिन सबेरै गृहमन्त्रीले इस्लामावादस्थित अमेरिकी दुतावासको भ्रमण गरी इस्लामावाद वार्ताको दोस्रो चरणका लागि गरिएको सुरक्षा व्यवस्थाबारे अमेरिकी पक्षलाई जानकारी गराएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।