बुक बिल्डिङ्गमार्फत शेयर निष्काशनका लागि नेप्सेसँग सम्झौता भएका कम्पनीहरुको संख्या ७ पुग्यो

Apr 22, 2026 01:41 PM Merolagani



बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता भएका कम्पनीहरुको संख्या ७ पुगेको छ। नेप्सेले यस अघि ५ कम्पनीको सूचीलाई अध्यावधिक गर्दै अहिले ७ कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

सम्झौतामा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड थपिएको हो। यस अघि जारी सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी थिए।

यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन्।

यस प्रक्रियाअनुसार ठूला संस्थागत लगानीकर्ताहरूले पहिले शेयरको मूल्य प्रस्ताव गर्नेछन् र सोही आधारमा शेयरको अन्तिम मूल्य निर्धारण गरिनेछ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।