अधिकतम मूल्य सूचीसहितको स्टिकर टाँस्ने विषयमा नाडा र वाणिज्य विभागका महानिर्देशकबीच छलफल

Apr 22, 2026 04:46 PM merolagani



नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग भेटवार्ता गरेको छ ।

भेटमा अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूची सहितको स्टिकर टाँस्ने सम्बन्धमा त्यस विभागबाट प्रकाशित प्रेस विज्ञप्तिको विषयमा विस्तृत छलफल गरेको छ ।

सो नाडा प्रतिनिधि मण्डलले वाणिज्य विभागले चैत ३० गते जारी गरेको प्रेस विज्ञप्तिका सम्बन्धमा नाडाको विशेष ध्यान आकृष्ट भएको छ भन्दै त्यस विभागले विदेशबाट पैठारी गरी नेपालमा बिक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मुल्य उल्लेख गर्नु पर्ने साथै वस्तु बिक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्ने व्यवस्थाको नाडाले सराहना गरेको छ । यसै सन्दर्भमा नाडाले विभिन्न चासो र जिज्ञाशा राख्दै थप स्पष्टताको लागि लिखित पत्र बुझाउँदै समाधानका लागि समेत आग्रह गरेको छ।

नाडा प्रतिनिधि मण्डलसँग सो विभागले जारी गरेको उक्त प्रेस विज्ञप्तिमा उल्लेखित विषयहरुमा छलफल हुँदा उपस्थित नाडा प्रतिनिधि मण्डलले उल्लेखित विषयहरुलाई कसरी व्यावहारिक र कार्यान्वयन योग्य बनाउने, पुरानो स्टकमा भएका सामानहरुको हकमा के गर्ने ? भन्सार विन्दु मै स्टिकर टाँस्नु पर्ने व्यवस्था कति व्यावहारिक हुन्छ भन्दै नाडाले सदैव फेयर ट्रेड र ट्रान्सपरेन्सी व्यवसायलाई आधिकारिक रुपमै प्रवर्द्धन गर्दै आएको बताए ।

सो छलफलको क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन २०३५ मा भएको व्यवस्थालाई नै कार्यान्वयनमा ल्याइएको र बर्तमान सरकारको १०० बुँदे शासकिय योजनामा समेत यो विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उल्लेख भएकोले विभाग यसलाई कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको बताउँदै यस सम्बन्धमा नाडाको थप चासो र जिज्ञासाहरु सकारात्मक रहेको बताए ।

यसै क्रममा महानिर्देशक ज्ञवालीले यसको कार्यान्वयनमा आउने वाधा अड्चनहरु हटाउन विभाग तयार रहेको आश्वासन दिँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरुकोतर्फबाट प्रतिवद्धता समेत आउने पर्ने बताए ।

यसै सिलसिलामा महानिर्देशक ज्ञवालीले स्टिकर सहितको अभिकतम मूल्य सूची टाँस्ने सम्बन्धमा उद्योग र आयातकर्ताप्रति विभाग कडा रुपमा प्रस्तुत हुने भन्दै विद्यमान कानूनमा सुधार आवश्यक छ भने त्यस्तो सुझाव समेत नाडाबाट आउनु पर्ने बताए ।

सो छलफल तथा भेटघाटमा उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस समितिका सभापति दिपेन्द्रकुमार मिश्र र केन्द्रीय कार्य समिति सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।