यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ८.८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१४ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ८७ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३४.६५ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३८.३६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.०७ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४८ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८४ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो। गत साता ११ हजार ६८५.३१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६.८८ अंक बढेर ११ हजार ७०२.१९ विन्दुमा पुगेको छ।
यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घटेको छ। गत साता २०८६.२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७३.८५ अंक घटेर २०१२.३८ विन्दुमा झरेको हो। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी २२९.९४ अंक घटेको छ।

यस साता ३ कम्पनीको १० लाख ७१ हजार ९७.२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मिथिला लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पाल्पा सिमेन्ट इण्डष्ट्रीजको शेयरमूल्य सर्वाधिक १०१.०८ प्रतिशत बढेको छ। गत साता ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ९७१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता शिखर पावर डेभलपमेन्टको शेयरमूल्य पनि १०१ प्रतिशतभन्दा बढी बढेको छ भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ३७.८५ प्रतिशत बढेको छ। यस साता दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक १४.९२ प्रतिशत घटेको छ भने एसवाई प्यानल नेपालको शेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने इष्टर्न हाइड्रोपावर, दोल्ती पावर कम्पनी, सामलिङ्ग पावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

