प्रि ओपन सेसन अपडेटः ३ अंक घट्यो नेप्से

May 15, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१९ अंक घटेर २७२६.९८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४७ अंक घटेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५० स्टकको ७२ पटकको कारोबारमा १२ लाख ३ हजार ९१५ रुपैयाँ ९० पैसाबराबरको १ हजार ९६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।