एक पटकको चार्जमा ५४३ किमी गुड्ने मारुतीका पहिलो ‘इलेक्ट्रिक एमपीभी’ बजारमा आउँदै, यस्ता छन् २०२७ मा आउने दुई नयाँ फेमिली कारका विशेषता

May 16, 2026 11:24 AM Merolagani



मारुती सुजुकीले आफ्नो ‘भिजन ३.०’ दीर्घकालीन योजनाअन्तर्गत सन् २०२७ सम्ममा दुईवटा नयाँ फेमिली एमपीभी एसयूभी बजारमा ल्याउने तयारी गरेको छ। भारतीय अटो बजारमा ५० प्रतिशत हिस्सा ओगट्ने लक्ष्यका साथ कम्पनीले पेट्रोल र इलेक्ट्रिक दुवै भर्सनमा यी गाडीहरू सार्वजनिक गर्न लागेको हो।

पहिलो, मारुती वाईएमसी

यो मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एमपीभी हुनेछ। यसका ‘ई-भिटारा’ को प्लेटफर्म र पावरट्रेनमा आधारित हुनेछ। यसमा ४९ किलोवाट आवर र ६१.१ किलोवाट आवरका दुईवटा ब्याट्री प्याक विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।

एक पटकको फुल चार्जमा यसले ५४३ किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ। यसको लम्बाइ करिब ४.५ मिटर हुनेछ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६०–डिग्री क्यामेरा, डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड सिट, लेभल-२ एडास, प्यानोरामिक सनरुफ र कनेक्टेड कार प्रविधिजस्ता प्रिमियम सुविधाहरू हुनेछन्।

दोस्रो मोडल, मारुती वाइडीबी

यो गाडी विशेषगरी सानो परिवार र सहरी क्षेत्रका लागि लक्षित गरी ल्याइनेछ। यो जापानमा बिक्री भइरहेको ‘सुजुकी स्पेसिआ’ मा आधारित हुनेछ। यसको डिजाइन बक्सी अग्लो खालको हुनेछ। यसमा नयाँ १.२ लिटर, ३-सिलिन्डर ‘जेड सिरिज’पेट्रोल इन्जिन प्रयोग गरिनेछ, जसले ८२ बीएचपी पावर र १०८ एनएम टर्क उत्पादन गर्छ।

यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्सको विकल्प रहनेछ। यो गाडी मारुतीको प्रिमियम ‘नेक्सा’ शोरुममार्फत बिक्री गरिने सम्भावना छ।

यसको लम्बाइ ३,३९५ मिमी हुनेछ, जसले गर्दा यो भीडभाड हुने सडक र पार्किङका लागि उपयुक्त हुनेछ। मारुती सुजुकीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै निर्यात बढाउनेछ