सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

May 15, 2026 03:08 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १.७७ अंक बढेर २७३१.९४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ४३ हजार ६७४ पटकको कारोबारमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको ७९ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको यूनियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १४.७९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।