पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ५२ वर्षीय मधुसुदन पराजुली र काठमाडौं महानगरपालिका-२८ बस्ने पर्वत कुश्मा नगरपालिका-२ घर भएका ३२ वर्षीय प्रकाश बास्तोला रहेका छन् ।
पक्राउ मध्ये मधुसुदनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २३ लाख रूपैयाँ र प्रकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मधुसुदनलाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रकाशलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।