यो संख्या अघिल्लो महिना चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो। चैत महिनामा ५५ हजार ५ सय ३१ वटा कारोबार भएका थिए। यस्तै, गत वर्षको यही अवधिसँग तुलना गर्दा पनि घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिएको छ। गत वर्ष बैशाखमा ५२ हजार ४ सय १५ वटा कारोबार भएको थियो।
कारोबारसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि भएको छ। चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने बैशाखमा यो रकम बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
घरजग्गा कारोबारबाट सरकारले सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ। विभागका अनुसार बैशाख महिनामा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व उठेको छ। त्यसैगरी रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलन भएको जनाएको छ।