सोमवार सरकारको आगामी आर्थिक वर्षका विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् । सुशासनको पक्षमा काम गर्ने भनिएको सरकारले सो आयोगलाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउनुपर्नेमा आफू अनूकल हुने गरी बनाएको उनको आरोप थियाे । नेता पुनले सरकार सुशासन नभई छनौटयुक्त सुशासनको पक्षमा देखिएको दावी समेत गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले घोषणा गरेको नयाँ चरणको आर्थिक सुधार योजना सही भएपनि त्यसलाई अघि बढाउने क्रममा स्पष्ट दृष्टिकोण हुनुपर्नेमा पनि जोड दिए ।
नेता पुनले भने,‘सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पती छानविन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ । यसबाट सरकार कतै छनौटपूर्ण सुशासन पक्षमा त छैन ? भन्ने आशंका जन्मिएको छ । उदार आर्थिक नीति अवलम्वन पनि शुरुमा त्यसबाट उच्च लाभ हासिल भएपनि त्यसपछि दलाल, पूँजीवादको विकास भयो । पछिबाट त्यो क्रोनिक ढंगले आयो । यसबाट आसेपासे पुँजीवाद अर्थात दलाल पनि आफनै आसपासका मात्रै हुन पाउने अवस्था सृजना भएकाले यसलाई सम्बोधन गर्न र संविधानले कल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण कार्यलाई अघि बढाउन म अर्थमन्त्री भएको बेलामा नयाँ चरणको आर्थिक सुधार घोषणा गरिएको थियो । अहिले प्रस्तुत गरिएको विधेयकले नयाँ चरणको आर्थिक सुधारलाई बढाउन खोजेकोमा म स्वागत गर्दछु । तर यसको समग्र विषयबस्तुमा स्पष्टत हुनु पर्दछ भन्ने कुरा म माग गर्दछु ।’
नेता पुनले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा विशेष ध्यान दिन आवश्यक रहेको पनि बताए ।