मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु

May 26, 2026 04:44 PM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL)ले आफ्नो मोबाइल बैंकिङ सेवा 'मुक्तिनाथ फाइदा एप' मा नयाँ 'सेल्फ–रिन्यु' लगाएतको अन्य सुविधा थप गरेको छ ।

यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनु पर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसारयस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लग इन गरी Expiry Pop-up देखिएपछि 'Renew Now’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि 'Continue' थिचेर आफ्नो Transaction Pin प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ ।

यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो NID, PAN तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ । मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।