अन्ततः भारतमा कक्रोज जनता पार्टी सडकमा उत्रियो, नेपाल र बंगलादेशको जेनजी विद्रोहको असर पर्न सक्ने आशंका

Jun 01, 2026 02:49 PM Merolagani



भारतमा कक्रोच जनता पार्टीले शनिबारदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेको छ ।

त्यसको लागि पार्टीका प्रमुख अभिजित दिपके शनिबार नै अमेरिकाबाट भारतमा फर्कने भएका छन् । पार्टीले केही दिन अघि भएको एमविविएस परिक्षाको प्रश्नपत्र सार्वजनिक प्रकरणको विरुद्ध शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा धर्ना शुरु गर्न लागेको दिपकेले बताएका छन् ।

उनको यो घोषणासंगै आन्दोलन चर्कने आशंकामा देशव्यापीरुपमा रुपमा सुरक्षा सतर्कता बढाइएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्मरण रहोस् कक्रोच जनता पार्टी भारतमा सन् २०२६ मा सामाजिक सञ्जालमार्फत चर्चामा आएको एउटा व्यंग्यात्मक राजनीतिक आन्दोलन हो। यसलाई वास्तविक दर्ता भएको मुख्यधारको राजनीतिक दलभन्दा बढी युवाहरूको असन्तुष्टि, बेरोजगारी, परीक्षा प्रणाली, भ्रष्टाचार र राजनीतिक व्यवस्थाप्रतिको आक्रोश व्यक्त गर्ने डिजिटल अभियानका रूपमा हेरिएको छ।

प्रधानन्यायाधीश सूर्यकान्तले भारतीय युवाहरुलाई कक्रोजसंँग तुलना गर्दै अल्छि र अरुको कुराको विरोध मात्र गरिरहने स्वभावका भन्दै टिप्पणी गरेपछि त्यसको प्रतिकृया स्वरुप अमेरिकामा रहेका अभिजित दिपकेले कक्रोच जनता पार्टी (सिजेपी) शुरु गरेका थिए । त्यसले केही दिनमै सामाजिक संजालमा तहल्का पिटेको थियो । करोडौं मानिसहरुले अहिलेसम्म त्यसको सदस्यता लिएका छन् ।पार्टी प्रतिको आकर्षण बढेपछि पार्टीले पाँचवटा माग अगाडि सार्दै आन्दोलनको घोषणा गरेको छ ।

पार्टीका मुख्य मागहरू पाँच मुख्य मागहरु यी हुन्ः

अवकाशपछि प्रधानन्यायाधीशलाई राज्यसभामा नियुक्त नगर्ने ।
मतदाता सूचीबाट गैरकानुनी रूपमा मत हटाइए कडा कारबाही गर्ने।
संसद र मन्त्रिपरिषदमा ५०% महिला प्रतिनिधित्व।
ठूला उद्योग समूहको स्वामित्वमा रहेका मिडियामाथि नियमन।
दल परिवर्तन गर्ने सांसद र विधायकलाई लामो समयसम्म चुनाव लड्न रोक लगाउने। 

सिजेपीले आफ्नो अभियानलाई “युवा जागरण” र “डिजिटल नागरिक आन्दोलन” का रूपमा प्रस्तुत गरेको छ। जसको उद्देश्य युवाहरूलाई संगठित गर्ने, नागरिक मुद्दा उठाउने, सरकारी जवाफदेहिता माग्ने र सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्ने भनिएको छ।

यो पार्टीले शुरु गरेको आन्दोलनले बंगलादेश वा नेपालमा भएको युवा विद्रोहको रुप लिन सक्ने भन्दै कतिपय विश्लेषकहरुले भने सरकारलाई बेलैमा उक्त पार्टीका मागहरुलाई सम्वोधन गर्न अनुरोध गरिरहेका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।