इप्पानको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले यस पटक अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्य पदका लागि मात्रै निर्वाचन प्रक्रिया अघि बढाइएको हो। जेठ २५ गते बसेको संस्थाको कार्यसमिति बैठकले विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको थियो।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको पहिलो नामावली अनुसार कुल ४१ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पदअनुसार उम्मेदवार सङ्ख्या, शुल्क र सङ्कलित रकमको विवरण:

मनोनयन शुल्क र उम्मेदवार सम्बन्धी विस्तृत विवरण:
-
वरिष्ठ उपाध्यक्ष (शुल्क: २ लाख रुपैयाँ): १ सिटका लागि उत्तम भ्लोन र बलराम खतिवडा गरी २ जनाले उम्मेदवारी दिएका छन्, जसबाट कुल ४ लाख रुपैयाँ संकलन भएको छ।
-
उपाध्यक्ष (शुल्क: १ लाख ५० हजार रुपैयाँ): ५ सिटका लागि उत्तर कुमार श्रेष्ठ, कुमार खरेल, ई. दिपक पौडेल, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरत प्रसाद नेपाल, भरत बहादुर खत्री, सुसन कर्माचार्य र हिम प्रसाद पाठक गरी ९ जनाले उम्मेदवारी दिएका छन्। यसबाट कुल १३ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
-
महासचिव (शुल्क: १ लाख ५० हजार रुपैयाँ): १ सिटका लागि टेकनाथ आचार्य र प्रकाश चन्द्र दुलाल गरी २ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसबाट कुल ३ लाख रुपैयाँ संकलन भएको छ।
-
उपमहासचिव (शुल्क: १ लाख ५० हजार रुपैयाँ): १ सिटका लागि कविता पोखरेलको मात्र एकल उम्मेदवारी परेको छ, जसबाट १ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
-
सचिव (शुल्क: १ लाख ५० हजार रुपैयाँ): ५ सिटका लागि अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, कुवेर मणि नेपाल, विजय मोहन भट्टराई, विरेन्द्र बहादुर मल्ल र सुमन कुमारी जोशी गरी ७ जनाको उम्मेदवारी परेको छ। यसबाट कुल १० लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
-
कोषाध्यक्ष (शुल्क: १ लाख ५० हजार रुपैयाँ): १ सिटका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल गरी २ जनाको उम्मेदवारी परेको छ, जसबाट कुल ३ लाख रुपैयाँ संकलन भएको छ।
-
सदस्य खुला (शुल्क: १ लाख रुपैयाँ): ७ सिटका लागि १४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। यसबाट सबैभन्दा बढी अर्थात् कुल १४ लाख रुपैयाँ संकलन भएको छ।
-
सदस्य महिला (शुल्क: १ लाख रुपैयाँ): ३ सिटका लागि ज्योती गैरे, प्रतिमा ज्ञवाली, संगिता धमला र सिर्जना खड्का गरी ४ जनाको उम्मेदवारी परेको छ। यसबाट कुल ४ लाख रुपैयाँ संकलन भएको छ।
निर्वाचन कार्यतालिका अनुसार दाबी विरोध र नाम फिर्ता लिने समय सीमा बाँकी रहेकाले अन्तिम उम्मेदवारहरूको सूचीमा केही परिवर्तन हुन सक्ने भए तापनि प्रारम्भिक मनोनयन दर्ताका आधारमा इप्पानले कुल ५३ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिसकेको छ।