'किसानले ५ रुपैयाँमा बेचेको तरकारी उपभोक्तालाई ५० पर्छ'

Jun 11, 2026 02:08 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले किसानले ५ रुपैयाँमा बेचेको तरकारी उपभोक्तालाई ५० पर्ने बताएका छन् । तर सरकारले किसानलाई ३० रुपैयाँ दिलाउन किन सक्दैन ? भनि प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा जारी विनियोजन विधेयकको राजस्व र व्ययमाथिको छलफलका क्रममा बिहीबार सिंहले त्यस्तो टिप्पणी गरेका हुन् ।

उनले रास्वपाकै नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विरोध जनाएका छन् । बजेटको सैद्धान्तिक पक्षमा केही कुरा राम्रा भए पनि समग्रमा राम्रो सन्देश नगएको टिप्पणी उनले गरेका छन् ।

आयकर छुट, आईटीलाई प्राथमिकता दिनेजस्ता कुरा बजेटमा सकारात्मक रूपमा आएपछि विज्ञ अर्थमन्त्रीले उत्पादन बढाउने, गरिबका लागि रोजगारी बढाउन बजेट सक्षम नदेखिएको टिप्पणी गरेका हुन् । ऋण लिएर ल्याइएको बजेट फुकेको बेलुनजस्तो भएको उनको भनाइ छ ।

 




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।