अन्तरराष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै सुरु भयो फिफा विश्वकप २०२६

Jun 12, 2026 04:26 AM Merolagani



मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रङ्गशालामा एक भव्य समारोहका साथ फिफा विश्वकप २०२६ को औपचारिक सुरुवात भएको छ।

स्थानीय संस्कृति, रङ्गीचङ्गी पोशाक र सांस्कृतिक प्रस्तुतिहरूका साथै विश्वप्रसिद्ध गायिका शाकिरा, जे बाल्भिन र बर्न ब्वाई जस्ता अन्तरराष्ट्रिय कलाकारहरूले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिएका थिए।

यस पटकको विश्वकप मेक्सिको, अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको हो। मेक्सिकोमा उद्घाटन भएसँगै अमेरिका र क्यानडामा भने शुक्रबार आ–आफ्नै उद्घाटन समारोहहरू आयोजना हुनेछन्।

उद्घाटन समारोह सकिएलछत्तै मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएको थियो। खेल अघि मेक्सिकन गायक फर्नान्डेज र दक्षिण अफ्रिकी गायिका टायलाले आ–आफ्नो देशको राष्ट्रिय गान गाएका थिए।

(तस्विरः राेयटर्स)




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।