प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से

Jun 12, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५० अंक बढेर २७३१.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६६ स्टकको १३१ पटकको कारोबारमा १ करोड २७ लाख ९१ हजार ३२४ रुपैयाँ ९० पैसाबराबरको २० हजार ५९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।