कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको हाे । विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि बस्ने गरी आह्वान गरिएको हो ।
साे सभाले सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न-गराउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।