कुमारी बैंक ‘Infosys Finacle Innovation Awards 2026’ मा प्लेटिनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मानित

Jun 15, 2026 05:06 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL) ले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत Business Model Innovation विधामा Platinum Award जित्न सफल भएको छ। बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC Workflow Compliance) मा गरेको उल्लेखनीय नवप्रवर्तनका लागि उक्त सम्मान प्राप्त गरेको हो।

विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले कार्यान्वयन गरेका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणकारी अभ्यासहरूको मूल्याङ्कन गर्दै प्रदान गरिने Infosys Finacle Innovation Awards 2026 यस वर्ष ५०० भन्दा बढी आवेदनमध्ये उत्कृष्ट संस्थाहरूलाई सम्मानित गरिएको थियो। कुमारी बैंकले आफ्नो KYC कार्यप्रवाह तथा अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्लेटिनम सम्मान हासिल गरेको जनाएको छ।

बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्‍याएको छ। साथै, डिजिटल प्रविधिको उपयोगमार्फत बैंकिङ सेवाको गुणस्तर, पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको छ।

यस अन्तर्राष्ट्रिय उपलब्धिसँगै कुमारी बैंकले नवप्रवर्तन, सुरक्षा तथा ग्राहककेन्द्रित सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ। आगामी दिनहरूमा पनि डिजिटल समाधानको विस्तार गर्दै ग्राहकलाई अझ सहज, आधुनिक र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।