कालंगा हाइड्रो लिमिटेड, सानिगाड हाइड्रो लिमिटेड र एभरेष्ट कलर लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकरण प्रक्रिया अघि बढाएका हुन्।#
दोस्रो बजारमा कारोबार सुरु गर्नुअघि यी कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) सँग शेयर अभौतिकीकरण (Demat) का लागि सम्झौता सम्पन्न गरेका छन्।
सीडीएससीसँग कहिले भयो सम्झौता ?
-
कालंगा हाइड्रो लिमिटेड: जेठ २७ गते आईपीओ बाँडफाँड सम्पन्न गरेको यस कम्पनीले असार ५ गते सीडीएससीसँग शेयर अभौतिकीकरणको सम्झौता गरेको हो।
-
एभरेष्ट कलर लिमिटेड: असार ४ गते आईपीओ बाँडफाँड गरेको यस कम्पनीले असार ९ गते सीडीएससीसँग सम्झौता गरेको छ।
-
सानिगाड हाइड्रो लिमिटेड: असार १ गते आईपीओ बाँडफाँड सम्पन्न गरी यस कम्पनीले असार ५ गते नै सीडीएससीसँग सम्झौता गरिसकेको छ।
सीडीएससीसँगको सम्झौतापश्चात् अब यी कम्पनीहरूको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणका लागि आवश्यक सम्झौता प्रक्रिया अघि बढ्नेछ।
कम्पनीहरूको शेयर संरचना र संक्षिप्त परिचय:
कालंगा हाइड्रो लिमिटेड
-
सूचीकरण गरिने कुल शेयर रकम: १ अर्ब ४० करोड रुपैयाँ बराबर।
-
स्वामित्व संरचना: संस्थापक तर्फ ६५ प्रतिशत र सर्वसाधारण तर्फ ३५ प्रतिशत।
-
आयोजना विवरण: कम्पनीले बझाङ जिल्लामा १५ दशमलव ३३ मेगावाट क्षमताको ‘कालंगागाड जलविद्युत् आयोजना’ निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ।
सानिगाड हाइड्रो लिमिटेड
-
सूचीकरण गरिने कुल शेयर रकम: २ अर्ब ८५ करोड रुपैयाँ बराबर।
-
स्वामित्व संरचना: संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत।
-
आयोजना विवरण: यस कम्पनीले बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन ६ गतेदेखि नै व्यापारिक रूपमा विद्युत् उत्पादन गरिरहेको छ।
एभरेष्ट कलर लिमिटेड
-
सूचीकरण गरिने कुल शेयर रकम: ३० करोड रुपैयाँ बराबर।
-
स्वामित्व संरचना: संस्थापक तर्फ ७३ दशमलव ६७ प्रतिशत र सर्वसाधारण तर्फ २६ दशमलव ३३ प्रतिशत।
-
कम्पनी विवरण: यो पेन्ट उत्पादन गर्ने कम्पनी हो। एभरेष्ट कलरले विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरूसँगको समन्वयमा उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।