स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कालंगा हाइड्रो र सानिगाड हाइड्रोको पहिलो कारोबार?

Jul 02, 2026 10:45 AM Merolagani



असार १८ गते, बिहीबार, स्पेशल प्रि ओसन सेसनमा कालंगा हाइड्रो (KAHL) र सानिगाड हाइड्रोको शेयरको पहिलो कारोबार भएको छ। यस दिन कालंगा हाइड्रोको शेयर २९५ रुपैयाँ ४० पैसा र सानिगाड हाइड्रो शेयर २९९ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।

यी कम्पनीहरुको शेयर हिजो अर्थात असार १७ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरूको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।

कालंगा हाइड्रोले सर्वसाधारणमा वितरण गरेको ४९ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९१ लाख कित्ता शेयर गरी कुल १ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, सानिगाड हाइड्रो (SGHL) ले सर्वसाधारणमा वितरण गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता शेयर गरी कुल २ करोड ८५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले यी कालंगालाई ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने सानिगाडलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। कालंगाको शेयर (KAHL) टिकरमा कारोबार भएको छ भने सानिगाडको शेयर (SGHL) टिकरमा कारोबार भएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।