प्रधानमन्त्री शाह र निर्माण व्यवसायीबीच छलफल: समस्या समाधानका लागि सरकार सकारात्मक

Jul 09, 2026 02:51 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको बताए । उनले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार सकारात्मक रहेको उल्लेख गरे ।

निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षबीच सक्रिय र प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।

भेटमा महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, तथा बैंकिङ र लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यवसायीहरूले राखेका छन् ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ