आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घट्ना सम्बन्धमा छानबिन गर्न माग

Jul 10, 2026 03:13 PM Merolagani



प्रतिनिधिसभाका सांसदहरुले पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घट्ना सम्बन्धमा छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यस्ताे माग गरिएकाे हाे ।

सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन् । त्यस्तै सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको र यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् ।

सांसद पार्वती विक र सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिनकाे माग राखे। सांसद ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाए ।

उनले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिव नागरिकले मर्नुपर्ने अवस्था आएको जिकीर समेत गरे। नेता शाहीले गरिव, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी समेत गरे । उनले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताए ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ