
संस्थाका तीन उपाध्यक्षहरु भने निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद दुवाडी, प्रथम उपाध्यक्षमा राजेन्द्रराज बज्रचार्य र द्वितीय उपाध्यक्षमा रघुनाथ प्रधान निर्वाचित भएका हुन् ।
अध्यक्षसहित चार पदाधिकारीका लागि भएको मतदानमा महासचिवमा सुविन सितिखु १६६ मत, सचिवमा रविन भैनात्व १८० मत र कोषाध्यक्षमा चनकेशरी कोजु १७४ मतसहित निर्वाचित भएका हुन्। महासचिवमा रोहितकुमार फुयालले १६३ मत, सचिवमा तेजबहादुर श्रेष्ठले १४६ र कोषाध्यक्षमा ईश्वरबहादुर ढकालले १५३ मत पाएका थिए ।
कार्यसमितिका सदस्यहरुमा लक्ष्मी गिरी, सृजना सुवेदी, रामेश्व सिंखडा, ऋषिराज उपाध्याय, हरिकृष्ण सिलवाल, सुमन महर्जन र रविदास दोङ्ग पनि निर्विरोध निर्वाचित भएका छन् । टुर्गानको निर्वाचनको लागि निर्वाचन समितिले ८ सय ४६ सदस्यको मतदाता नामावली सार्वजनिक गरेको थियो।