सरकार सुशासन स्थापना र आर्थिक विकासको ढोका खोल्न क्रियाशील छः अर्थमन्त्री डा. वाग्ले

Jul 26, 2026 11:11 AM Merolagani




अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक पटकको नेपाली, सधैँको नेपाली भन्ने मूल मर्मलाई सरकार र पार्टीले उच्च प्राथमिकता दिएको बताए । अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूको सम्मेलनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरूलाई यस मान्यतामा पूर्ण रूपमा ढुक्क हुन आग्रह गरेका हुन ।

प्रवासी नेपालीहरूलाई नेपालको विकास र लगानीका सद्भावना दूतको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले मुलुकको समृद्धिका लागि उनीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले वर्तमान सरकार सुशासन स्थापना र आर्थिक विकासको ढोका खोल्न क्रियाशील रहेको दाबी समेत गरे।

सरकारको १०० दिनको कार्यकालको समीक्षा गर्दै मन्त्री वाग्लेले भने, “हामीले उच्च इमानदारीका साथ सरकारी सेवालाई सहज बनाउने र अर्थतन्त्रलाई सही दिशा दिने प्रयास सुरु गरेका छौँ।”  नेतृत्वमा उच्च नैतिकता, योग्यता (मेरिटोक्रेसी), र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पछिल्लो एक दशककै उत्कृष्ट सुधारको जग बसालिएको जिकिर उनले गरेका छन् ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।