मिटर ब्याज तथा लघुवित्त पीडितले थाले काठमाडौं केन्द्रीत आन्दोलन

Jul 26, 2026 02:13 PM Merolagani



तराईका जिल्लाहरुबाट आएका मिटर ब्याज र लघुवित्त पीडित किसानले काठमाडौंं केन्द्रीत प्रदर्शन सुरु गरेका छन् ।

तराईका जिल्लाबाट आएका ती पीडितहरुले आजबाट माइतीघर केन्द्रीत आन्दोलन थालेका छन् ।

उनीहरु तराइका जिल्लाबाट पैदलमार्ग हुँदै काठमाडौं आइपुगेका हुन् । सरकारले मिटर ब्याज र लघुवित्त पीडितलाई न्याय दिनुपर्छ भन्ने मूल नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।

यसअघि गृहमन्त्री सुधन गुरुङ मिटर ब्याज र लघुवित्त पीडितको माग सुन्न जनकपुर र रौतहट पुगेका थिए । तर, त्यहाँ सहमति हुन नसकेपछि उनीहरु काठमाडौं आएका हुन् ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।